काठमाडौं– सोलिडारिटी फर डा केसी अलायन्सले विभिन्न माग राख्दै १४ दिनदेखि अनसनरत नर्स जीता केसीको जीवनरक्षा गर्न माग गरेको छ ।
आज प्रेस विज्ञप्ति जारी गरी अलायन्सका संयोजक जीवन क्षेत्रीले नर्स बरालका मागमा ऐक्यबद्वता जनाउँदै उनको जीवनरक्षाका लागि सरकारसँग माग गरेका छन्।
नर्स र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सरकारले सुधारका लागि कदम नचाल्ने हो भने दशकौँसम्म यही अवस्था रहने भन्दै तत्काल निर्णायक कदम चाल्न सोलिडारिटी फर डा केसी अलायन्सले आग्रह गरेको छ।
‘अनसनरत नर्स जीता बरालको बिग्रँदो स्वास्थ्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। अनसन झन्डै दुई हप्तासम्म लम्बिनु अनि माग सुनुवाइतर्फ सरकारले कुनै अग्रसरता नदेखाउनु खेदजनक छ,’ जारी विज्ञप्तिमा उल्लेख छ।
सोलिडारिटी फर डा केसी अलायन्सले नेपाल नर्सिङ संघले पेशागत विषयलाई तार्किक निष्र्कषमा पु¥याउने विश्वास लिएको पनि विज्ञप्तिमा उल्लेख छ।