काठमाडौं - पूर्व स्वास्थ्यमन्त्री गगन थापाको अगुवाइमा आज मैतिदेवीमा स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण शिविर हुने भएको छ।
मैतिदेवी मन्दिर पछाडी रहेको सनवे इन्टरनेसनल बिजनेस स्कुलमा बिहान १० बजेदेखि शिविर सुरु हुनेछ। शिविरमा परीक्षणका लागि आउन थापाले सार्वजनिक रुपमा आह्वान समेत गरेका छन्।
काठमाडौं निर्वाचन क्षेत्र नं ४ को संसदीय कार्यलयमार्फत सांसाद थापाले शिविरको आयोजना गरेका हुन्। थापाको अगुवाइमा सो निर्वाचन क्षेत्रमा पिपुल्स हेल्थ कार्यक्रममार्फत उक्त परीक्षण शिविर गर्न लागिएको हो।
उक्त निर्वाचन क्षेत्र अन्तर्गतको वडा नम्बर ३० मा यो सहित १० वटा यस्ता शिविर सञ्चालन हुनेछन्। बाँकी ९ वटा शिविर अबदेखि हरेक शनिबार सञ्चालन हुने बताइएको छ।
क्षेत्र नं ४ को संसदीय कार्यलयमार्फत आयोजना हुने उक्त शिविरसँगै सो वडाका प्रत्येक घरको स्वास्थ्य स्थिति सर्वे पनि गरिने जनाइएको छ। शिविरको मेडिकल सहयोगी नेपाल क्यान्सर रिलिफ सोसाइटी रहेको छ। शिविरलाई कामना सेवा विकास बैंक, मानव स्वास्थ्य र काठमाडौं महानगरपालिका वडा नम्बर ३०ले पनि सहयोग गर्ने छन्।
गगनको आह्वान भिडियोमा