काठमाडाैं- काठमाडौँ निर्वाचन क्षेत्र नं–४ मा आजदेखि महिलामा हुने स्तन तथा पाठेघरको क्यान्सरकाे नि: शुल्क परीक्षणकाे सुभारम्भ गरिएको छ।
काठमाडौँ महानगरपालिका–३० मैतीदेवी क्षेत्रका महिलाको क्यान्सर परीक्षण शिविरकाे कार्यक्रममा प्रदेश ३ नं प्रमुख अनुराधा कोइरालाले महिलाले परिवारका लागि मात्र ध्यान केन्द्रित गर्दा आफूलाई समय नदिएकाले विभिन्न स्वास्थ्य समस्या भाेग्नुपर्ने बताइन्।
क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले वडा नं ३० मा हरेक शनिबार यस्तै १० वटा शिविर गर्ने कार्यक्रम रहेको बताए। थापाले यस्ता समस्या ग्रामिणमा मात्र नभइ सहरमा पनि उत्तिकै रहेकाे बताउँदै समयमा सचेत रहन आग्रह गरे।
क्षेत्र नं ४ का वडाध्यक्ष दलबहादुर कार्कीले महिलाको निःशुल्क क्यान्सर परीक्षण आयोजना गरिएकाले यसको फाइदा उठाउन वडावासीमा आह्वान गरे।
संसदको कार्यालय क्षेत्र नं ४ ले नेपाल क्यान्सर रिलिफ सोसाइटी र भक्तपुर क्यान्सर अस्पतालसँगको सहकार्यमा शिविर आयोजना गरेको हो। शिविरमा स्वास्थ्यखबर मिडिया पार्टनर छ।
