काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी अस्वस्थ भएका छन्। उनको वीर अस्पतालमा उपचार भइरहेको छ।
रक्तचाप र शरिरमा सुगरको मात्रा निकै कम भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो। चौधरीलाई वीर अस्पतालको भिआइपी क्याविन १ मा राखिएको छ।
नेपाली कांग्रेसका सांसद समेत रहेका पूर्व स्वास्थ्यमन्त्री चौधरीको उपचारमा मेडिसिन युनिट ३ का प्रमुख कन्सलटेन्ट डा मेनन प्रसाद गोर्खालीको टिम संलग्न छन्।
बिहान अस्पताल भर्ना भएका चौधरीको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ।