काठमाडौं- राजधानीको सुकेधारा र घट्टेकुलोमा आइतबार दिउँसो विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ। दुई ठाउँमा भएका विस्फोटमा परेर घाइते भएकालाई ओम अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ।
घाइतेमध्ये ५ जनालाई ओम अस्पतालमा लगिएको छ भने एक जनालाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ। ओम अस्पतालमा उपचाररतमध्ये ३ जनालाई आइसियुमा राखिएको छ। अन्यको अवस्था सामान्य रहेको छ।
यस्तै, ट्रमा सेन्टरका निर्देशक डा प्रमोद यादवका अनुसार घाइतेको आकस्मिक कक्षमा आवश्यक उपचार भइरहेको छ। विस्फोटमा परेका व्यक्ति सामान्य घाइते भएको र आवश्यक जाँच अगाडि बढाइएको उनले जानकारी दिए।
सुकेधारामा भएको बिस्फोट ग्यास पड्केको बताइए पनि घट्टेकुलोको विस्फोट बम विस्फोट भएको आशंका गरिएको छ। घटनाहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
(1).jpg)
.jpg)