काठमाडौं – चालु आर्थिक वर्षको ८ महिनामा नेपालभरका अस्पतालबाट एक करोड ५ लाख पटक ओपिडी सेवा लिएको तथ्यांक सार्वजनिक भएको छ। एउटै बिरामीले ओपिडीमा दुई÷तीन पटकसम्म सेवा लिने भएकाले यो संख्या बढी देखिएको हो।
अर्थमन्त्री डा युवाराज खतिवडाले संसदमा प्रस्तुत गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उक्त तथ्यांक उल्लेख छ। प्रतिवेदनमा स्वास्थ्यका विभिन्न सूचकहरु उल्लेख छन्।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालका सबै सरकारी, निजी, सामुदायिक अस्पतालबाट उक्त सेवा लिएका हुन् । सर्वेक्षण प्रतिवेदन अनुसार यो अवधिमा ४ लाख ८३ हजार बिरामी अस्पताल भर्ना भएका छन् । यस्तै चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा देशभरका अस्पतालमा ८ लाख ७५ हजारले आकस्मिक सेवा लिएका छन्।
हेरौं कुन प्रदेशमा कति ?

यस्तो छ आर्थिक सर्वेक्षणमा स्वास्थ्यका विषय




