काठमाडौं– कान्ती बाल अस्पतालमा युरोलोजी ओपिडी सेवा संचालनमा ल्याइएको छ। अस्पतालमा जेठ महिनाको पहिलो साताबाट ओपिडी सेवा सञ्चालनमा ल्याएको हो।
यो ओपिडी सेवा सुरु हुनु अघि अस्पतालमा जेनेरल फिजिसियनले नै जाँच गर्दै आएका थिए। तर, अस्पतालमा बिरामीको चाप बढेपछि छुट्टै ओपिडी सुरु गरिएको अस्पतालका बाल शल्यचिकित्सक डा विजय थापाले बताए।
युरो ओपिडी सेवा अस्पतालमा मंगलबार र शुक्रबार बिहान ११ बजे देखी १ बजेसम्म संचालन हुनेछ।
युरो ओपिडीमा अहिले एक दिनमा १५ जनाभन्दा बढीले सेवा पाउन थालेका छन्। सेवा सुरु भएको जानकारी बढेसँगे सेवा लिन आउनेको संख्या पनि बढ्दै जाने डा थापा बताउँछन्।