काठमाडौं– देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई नि:शुल्क सेनेटरी प्याड उपलब्ध गराइने भएको छ।
आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याड नि:शुल्क उपलब्ध गराइने बताएका हुन्।
नेपालमा महिनाबारी भएको समयमा धेरै छात्रा विद्यालय जादैँनन्। विद्यालयमा महिनावारी हुदाँ हुने विभिन्न समस्या र लाजका कारण बीचमै पढाइ पनि छाड्ने गरेको अवस्था छ।
सरकारले यो व्यवस्था लागू गर्न सकेमा धेरै छात्रालाई विद्यालय जान प्रोत्साहन मिल्ने देखिन्छ। तर, यसको सुरुवात र निरन्तरता भने चुनौतीपूर्ण छ। पछिल्लो समय केही विद्यालयले पनि विद्यालयमा सेटेनटी प्याड उपलब्ध गराउने अभ्यास सुरु गरेका छन्।