हेटौंडा - हेटौंडा अस्पतालमा कार्यरत डा बन्दना अधिकारीलाई अस्पताल परिसरमै दुर्व्यवहार र अभद्र व्यवहार गरिएको छ। अस्पतालको आकस्मिक कक्षमा कार्यरत अधिकारीमाथि जेठ १४ गते राती १० बजे दुव्र्यवहार र अभद्र व्यवहार गरिएको हो।
उक्त घटनापछि नेपाल चिकित्सक संघले दोषीमाथि कडा कारबाहीको माग गरेको छ। संघले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको हो।
‘नेपाल चिकित्सक संघका आजीवन सदस्य डा। बन्दना अधिकारीज्यू माथी मिति २०७६ जेठ १४ गते राती १० बजे अस्पताल परिसरमै गरिएको दुव्यवहार र अभद्र व्यवहारप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
संघले घटनामा संलग्न दोषीलाई तत्काल कानूनी दायराभित्र ल्याई कारवाही गर्न स्थानीय सरकारसँग माग गरेको छ।
हेरौं संघको विज्ञप्ति
प्रेस विज्ञप्ती
हेटौडा अस्पतालको आकस्मिक कक्षमा कार्यरत नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. बन्दना अधिकारीज्यू माथी मिति २०७६ जेठ १४ गते राती १० बजे अस्पताल परिसरमै गरिएको दुव्यवहार र अभद्र व्यवहारप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ ।
स्वास्थ्य सेवा जस्तो संवेदनशिल सेवामा कार्यरत चिकित्सकमाथी बिना कुनै कारण यस्तो प्रकारको निन्दनीय कार्यले स्वास्थ्य संस्थाको वातावरणलाई नै खलल पुग्ने गरेको छ । स्वास्थ्य संस्थाको शान्तिपूर्ण वातावरणलाई अपराधिक क्रियाकलापका कारण असहजता प्रदान गरिन कुनै पनि घटनाक्रमले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मात्र नभई अन्य सर्व साधारण नागरिकहरुलाई समेत असर पुग्ने भएको हुँदा यस घटनामा संलग्न दोषीलाई तत्काल कानूनी दायराभित्र ल्याई कारवाही गर्न नपाल चिकित्सक संघ स्थानीय सरकार समक्ष जोडदार माग गर्दछ ।
यस्ता प्रकारका घटनामा संलग्न दोषीहरुलाई कानूनी दायरामा ल्याउनका लागि हालको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई आवश्यक परिमार्जन गरी बिना धरौटी जेल चलान को प्रावधान समावेश गरेर कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आई सकेको व्यहोरा स्मरण गराउँदै स्थानीय सुरक्षा निकायले उक्त ऐन बमोजिम कारवाही प्रक्रिया अगाडी बढाउन समेत अनुरोध गरिन्छ ।
माथी उल्लेखित ऐनको अक्षरस कार्यान्वयन गरी त्यस्ता कार्यमा संलग्नहरुलाई कडा कारवाही नगरिएको खण्डमा असुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न नसकिने परिस्थितिप्रति सरोकारवाला निकायले गम्भिर रुपमा मनन गर्न यस संघ आग्रह गर्दछ ।
डा. लोचन कार्की
महासचिव