काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा गम्भिर त्रुटि फेला परेको छ।
संघीय संसदको संयुक्त बैठकमा बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा स्वास्थ्यको अपेक्षित उपलब्धिमा त्रुटि फेला परेको छ।
आगामी आर्थिक वर्षका अपेक्षित उपलब्धिको सूचकमा बाल मृत्यु दर घटाउनु पर्नेमा बढाउने विवरण राखिएको छ। नेपालमा हाल पाँच वर्ष मुनिका बालबालिकाको मृत्यु प्रति एक हजार जीवित जन्ममा ३९ रहेको छ। पन्ध्रौं योजना अनुसार अबको ५ वर्षभित्र उक्त संख्या घटाएर २४ मा ल्याउने लक्ष्य रहेको छ। यस्तै दिगो विकास लक्ष्य अनुसार सन् २०३० भित्र पाँच वर्ष मुनिका बालबालिकाको मृत्यु घटाएर २० मा ल्याउने लक्ष्य रहेको छ।
यो लक्ष्य अनुसार आगामी आर्थिक वर्षमा प्रति एक हजार जीवित जन्ममा हाल ३९ मा रहेको बाल मृत्युलाई घटाएर त्यो भन्द तल ल्याउनु पर्ने हुन्छ।
तर, बजेटमा भने ३९ मा रहेको बाल मृत्युको संख्यालाई बढाएर झन् ४१ पुर्याउने उल्लेख छ। यो भनेको बालबालिकाको मृत्युलाई झन् बढाउनु हो। बजेट वक्तव्यमा सूचकहरु उल्लेख गर्ने क्रममा उक्त त्रुटि भएको हुनसक्ने अनुमान गरिएको छ। सूचक अनुसार सरकारले एक वर्षमा ३९ मा रहेको बाल मृत्युलाई घटाएर ३१ म ल्याउन खोजिएको अनुमान गरिएको छ।
हेरौं बजेट वक्तव्यमा भएको त्रुटि


यसका साथै वक्तव्यमा स्वास्थ्यका अपेक्षित उपलब्धिमा अन्य त्रुटि पनि भएका छन्। शिक्षा मन्त्रालयका सूचकलाई स्वास्थ्य मन्त्रालयको भन्दै राखिएको छ।
हेरौँ वक्तव्य
