काठमाडौं– सरकारले स्वास्थ्य बिमालाई महत्व दिए पनि प्रभावकारी नभएको सांसदले बताएका छन्। संसदको शून्य समयमा बोल्दै सांसद राजेन्द्र लिङ्देनले नवीकरण दर घट्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले भने, 'स्वास्थ्य क्षेत्रमा हामीले स्वास्थ्य बीमालाई महत्व दियौं। यसको प्रभावकारिता त्यति छैन। कम्तीमा ३० प्रतिशतले बीमा छाड्दै गएको यथार्थ छ।'
उनले जसका लागि बिमा भनिएको थियो, उसका लागि सुलभ नभएको बताए। आफूले बीमा गरेवापत पाउने भनिएको रकम बराबरको सुविधा समेत नपाएको बताए।
सरकारले यो क्षेत्रमा अनुगमन गर्न नसकेको बताउँदै भने, 'बीमा गर्नेहरुले उपेक्षित र अपहेलित व्यवहार खेपिरहेका छन्। उनीहरुको उपचार सेवा र औषधिके मूल्य बेग्लै छ।'
उनले विस्तार गर्नतर्फ मात्र नलागेर यसको प्रभावकारितामा समेत ध्यान दिन संसदको ध्यानाकर्षण गराएका छन्।