काठामाडौं– कर्णाली प्रदेशमा जंकफुडलाई निरुत्साहित गर्न ‘पोषण पाकशिक्षा तथा भान्सा सुधार कार्यक्रम’ सञ्चालन गरिने भएको छ।
कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख माननीय दुर्गाकेशर खनालले उक्त कार्यक्रम सञ्चालन गरिने बताएका हुन्।
स्थानीयस्तरमा उपलब्ध हुने अनाज तथा खाद्यवस्तुको संरक्षण र प्रबर्धन गरी सहकारी र स्थानीय समुदायको सहभागितामा सो कार्यक्रम सञ्चालन हुने भएको छ।
दैनिक खानपिनमा बजारको तयारी खानेकुरालाई निरुत्साहित गर्न विद्यालय समुदायदेखि नै अभियान चलाइने कर्णाली प्रदेश सरकारले नीति ल्याएको छ।
साथै सरकारी अस्तपालमा पोषण विज्ञ समेतको सहभागिता र सिफारिसमा खाना र खाजाको प्रकार र मेनु बनाइ प्रतिछाक लगतका आधारमा गुणस्तरीय खाना र खाजा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ।