काठमाडौँ– ज्ञानेन्द्र शाहीको रिहाइको माग गर्दै उनका आफन्तहरुले विगत केही दिनदेखि राष्ट्रिय ट्रमा सेन्टरमा नाराबाजी गर्दै आइरहेका छन्।
आफूलाई भ्रष्टाचारविरुद्धको अभियन्ता बताउने ज्ञानेन्द्र शाही पत्रकारलाइ अपशब्द बोलेको अभियोगमा पक्राउ परेका थिए। पक्राउका क्रममा प्रहरीले कुटपिट गरेर घाइते भएपछि उनी जेठ १७ गतेजेखि ट्रमा सेन्टरको बेड नम्बर ४ सय २९ मा उपचाररत छन्।
शाही भर्ना भएदेखि नै उनका सर्मथकहले दैनिक नारा जुलुस गरेर दु:ख दिने गरेको अस्पतालले बताएको छ। नियमअनुसार अस्पतालमा नाराबाजी र होहल्ला गर्न पाइँदैन। होहल्लाका कारण अस्पालतका अन्य बिरामीको उपचारमा समस्या परिरहेको अस्पतालका चिकित्सक बताउँछन्।