काठमाडौं – सरकारी डाक्टरहरुसँगको सहमति अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ सय २५ जना विशेषज्ञ डाक्टरलाई संघ अन्तर्गत पुल दरबन्दीमा राख्ने विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसकेको छ।
स्वास्थ्यले पठाएको उक्त नामावली सहितको दरबन्दी सामान्यले मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ। मन्त्रिपरिषद्बाट पास भएसँगै पुल दरबन्दीमा रहेका डाक्टर संघ अन्तर्गत रहेर सेवामा खटिने छन्।
स्वास्थ्य मन्त्रालयले १ सय २३ जनाको नाम पठाएको छ। ११ औं तहमा तीन जनाको मात्र नाम स्वास्थ्यले पठाएको छ। यस्तै ९ र १० औं तहमा ७९ जना र ८ औं तहमा ४१ जनाको नामावली पठाइएको हो।
यसअघि मन्त्रालयले तहगत आधारमा ११ औं तहका ५, ९ र १० औं तहका ८० र ८ औं तहका ४० जनालाई पुल दरबन्दीमा राख्ने प्रस्ताव सामान्यमा पठाएको थियो। सामान्य प्रशासनले उक्त फाइलमा संख्या मात्र उल्लेख भएकाले पुल दरबन्दीमा राख्ने भनिएका विशेषज्ञ डाक्टरहरुको विस्तृत विवरण पठाउन भन्दै स्वास्थ्य मन्त्रालयमा फाइल फर्काएको थियो।
सोही आधारमा स्वास्थ्य मन्त्रालयले चिकित्सकको विवरण आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको थियो।
यी हुन् पुल दरबन्दीका लागि सिफारिस गरिएका विशेषज्ञ डाक्टरहरु



