काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सरकारले ५१ वटा स्वास्थ्य संस्था सूचीकरण गरेको छ। श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ती स्वास्थ्य संस्था छनोट गरेको हो।
सरकारले विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नयाँ स्वास्थ्य संस्था छनोट गर्ने प्रावधान अघि सारेपछि २०७५ चैत १३ गते गोरखापत्र दैनिकमा मापदण्ड पुगेका स्वास्थ्य संस्थाहरु सूचीकरणका लागि आवेदन माग गरेको थियो।
जसका लागि १ सय २६ वटा स्वास्थ्य संस्थाहरुले आवेदन दिएका थिए।
आवेदन दिएका सबै स्वास्थ्य संस्थाको मापदण्ड पुगेको वा नपुगेको जानकारीका लागि मन्त्रालयले अनुगमन टोली गठन गरेको थियो।
सो टोलीको अनुगमन पश्चात् मापदण्ड पुगेका ५१ वटा स्वास्थ्य संस्थालाई छनोट गरी सूचीकरण गरिएको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए।
परीक्षणको क्रममा रसायन तथा किट्स, आवश्यक उपकरण लगायत दक्ष जनशक्तिको मापदण्ड नपुगेका अस्पताल तथा स्वास्थ्य संस्थाहरु सूचीकरण गर्न नसकिएको मन्त्रालयले जनाएको छ।
यी हुन् छनोटमा परेका स्वास्थ्य संस्था

