काठमाडौं- सरकारी चिकित्सक संघसँगको सहमित अनुसार सरकारले विशेषज्ञ डाक्टलाई संघ अन्तर्गत पुल दरबन्दी राख्ने काम अगाडि बढाइसकेको छ। संघीय संरचना अनुसार प्रदेश र स्थानीयत तहमा समायोजन भएका विशेषज्ञ डाक्टरलाई संघ अन्तर्गत पुल दरबन्दीमा राखेर खटाउन लागिएको हो।
तर, यसक्रममा संघ अन्तर्गत नै समायोजनको सूचीमा परेका ६ जना डाक्टरलाई पुल दरबन्दीको सूचीमा ल्याइएको छ भने ५ जना विशेषज्ञ डाक्टरको नाम छुटेको छ।
संघ अन्तर्गत परेका डाक्टरहरुले पुल दरबन्दीको सूचीमा नाम देखेपछि तत्कालै त्यसलाई सच्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निवेदन दिएका छन्। उनीहरुले मन्त्रालयलाई निवेदन लेखि पुल दरबन्दीका लागि गरिएको सिफारिस रद्ध गर्न भनेका छन्।
निवेदन दिनेहरुमा डा सुजित कुमार झा, डा दोस्ती रेग्मी, डा रुद्र दाहाल, डा दिपिका सुवेदी, डा विनिता ढुंगेल डा पुजन बल्ल रहेका छन्।

यसैगरी, पुल दरबन्दी राख्ने प्रस्ताव गरिएको सूचीमा आफ्नो नाम नपरेको भन्दै पाँच जना डाक्टरले मन्त्रालयमा निवेदन दिएका छन्। उनीहरुले सूचीमा आफूहरुको नाम नपरेको भन्दै सूचीमा समेट्न निवेदन दिएका हुन्।
यसरी निवेदन दिन डाक्टरहरुमा डा टेकेन्द्र चौलागाईँ (डेन्टल सर्जन आठौँ तह), डा रञ्जन थपलिया ( डेन्टल सर्जन), डा सन्ध्या पौडेल (डेन्टल सर्जन) डा रत्नबीर सुनार (एमडिजिपी आठौँ तह) र डा सरोजकुमार यादव (जनरल सर्जन नवौँ तह) छन्।

स्वास्थ्यले गतसाता पुल दरबन्दीमा राख्ने १ सय २३ विशेषाज्ञ डाक्टरको सूची सामान्यमा पठाएको थियो।
स्वास्थ्य मन्त्रालयले १ सय २३ जनाको नाम पठाएको छ। ११ औं तहमा तीन जनाको मात्र नाम स्वास्थ्यले पठाएको छ। यस्तै ९ र १० औं तहमा ७९ जना र ८ औं तहमा ४१ जनाको नामावली पठाइएको हो।
यी हुन् पुल दरबन्दीका लागि सिफारिस गरिएका विशेषज्ञ डाक्टरहरु



