काठमाडौं– त्रिवि शिक्षण अस्पताललाई निजी अस्पतालको एजेन्ट जस्ता बनाइएको भन्दै संसदमा ध्यानाकर्षण गराइएको छ। नेकपाका सांसद देवप्रसाद गुरुङले शून्य समयमा बोल्दै शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा यस्तो विकृति देखिएको अवगत गराएका हुन्।
उनले भने, ‘शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका लागि गएका बिरामीहरु निजी अस्पताल पठाउने गरिएको छ। राज्यको स्वामित्वमा रहेको अस्पतालले आफैं उपचार गर्नुपर्ने भन्दै निजी अस्पतालको एजेन्टको भूमिकामा अस्पताल देखिएको आरोप लगाए। उनले भने, ‘यस्तो विकृति छ। यसलाई अविलम्ब नियन्त्रण गरियोस्।’
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।