काठमाडौं- चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ। अस्पतालले बुधबारदेखि फार्मेसी सञ्चालनमा ल्याएको हो।
अस्पतालले २५ करोडको लगानीमा फार्मेसी सञ्चालनमा ल्याएको हो। अन्य औषधिको तुलनामा क्यान्सरका औषधिहरु महँगो हुने भएकाले फार्मेसीको लागत बढी हुन पुगेको अस्पताल निर्देशक डा बिजयचन्द्र आचार्यले जानकारी दिए।
डा आचार्यका अनुसार अस्पतालको फार्मेसीमा बिरामीले निजी फार्मेसीको तुलनामा धेरै सस्तोमा औषधि पाउन सक्नेछन्।
फार्मेसीमा ९ जना कर्मचारी कार्यरत छन्। फार्मेसी चौबिसै घन्टा सञ्चालनमा आउने बताइएको छ।
सरकारी अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने नीति अनुसार अस्पतालले पनि फार्मेसी सेवा सञ्चालनमा ल्याएको हो।
