काठमाडौं- काठमाडौं महानगरपालिका-४, सुकेधारास्थित बिटेरी फार्मेसी र निलो पुलस्थित भैलबम फार्मेसीमा चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बेचिरहेको अवस्थामा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बिटेरी फार्मेसीका सञ्चालक सुकेधारा बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-२ घर भएका ३७ वर्षीय बिनोद कुमार राउत र भैलबम फार्मेसीका सञ्चालक काठमाडौं महानगरपालिका-४, निलोपुल बस्ने नन्दबहादुर विष्ट रहेका छन्।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले दुवै फार्मेसीमा प्रेसक्रिप्सन बिना औषधि बेचिरहेको फेला पारेपछि दुवै जनालाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।