डडेलधुरा - डडेलधुरा अस्पतालले अस्पताल जस्तो संवेदनशील सार्वजनिक स्थालमा तोडफोड गर्ने अपराधिक क्रियाकलापमा संलग्नालाई यथाशिघ्र कानूनी कारबाहीको माग गरेको छ।
आज विज्ञप्ती निकाल्दै अस्पतालले यस्तो प्रतिकुल र असुरक्षित परिस्थितिमा अस्पताल भित्र रही कामकाज गर्न नसकिने अवस्था सिर्जना भएको भन्दै सहजता ल्याउन जिल्ला स्थित प्रशासनिक निकाय, जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, संञ्चार लगायतका बौद्धिक वर्ग लगायतका सरोकारवालाहरुलाई अपिल समेत गरेको छ।
त्यसैगरी सो अस्पतालमा कार्यरत चिकित्सहरुले अर्को विज्ञप्ती निकाल्दै त्यो घटनाले चिकित्सकहरुले मानसिक यातना भोग्नु परेको बताउँदै मनोबल समेत गिरेको बताएका छन्। भविष्यमा यस्ता घटना नदोहोरिउन् भनेर चिकित्सकहरुले दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।
विज्ञप्ती मार्फत चिकित्सहरुले छानबिन प्रतिवेदन आएर दोषिमाथि कारबाही नहुन्जेल शल्यक्रिया लगायतका सेवाहरु सञ्चालन गराउन नसकिने जनाएको छ।
अमरगढी नगरपालिका–६ धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा रक्तश्राव नरोकिएपछि डडेल्धुरा अस्पताल ल्याइएको थियो
शुक्रबार उपचारका क्रममा उनको मृत्यु भएको थियो । उनको मृत्युपछि आफन्त आन्दोलनमा उत्रिएका थिए।
तनाव उत्पन्न भएपछि उपचार सेवा राेकेका चिकित्सकहरूले आजबाट सुरक्षाकर्मीकाे घेराभित्र बसेर ओपिडी सेवा सुरू गरेका छन्।