काठमाडौं– बौद्धस्थित समता अस्पतालमा तोडफोड भएको छ। अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ अस्पतालमै झुन्डिएको अवस्थामा मृत फेला परेपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका हुन्।
रामेछापको दोरम्बा घर भएकी तामाङ केही समयदेखि उक्त अस्पतालमा क्लिनरको रुपमा कार्यरत थिइन्। अहिले अस्पताल प्रशासन र मृतक तामाङका आफन्तबीच छलफल भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए।
आफन्तले नाराबाजी गरेपछि अहिले अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।