काठमाडौं - नेपाल मेडिकल काउन्सिलले पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोष्ट ग्राजुयट तह (पिजी)मा विद्यार्थी भर्नाका लागि सिट दिएको छ। काउन्सिलको शुक्रबार बसेको बैठकले दुवै प्रतिष्ठानलाई पिजी सिट दिने निर्णय गरेको हो।
काउन्सिल स्रोतका अनुसार कर्णालीलाई एमडी इन जनरल प्राक्टिस (एमडिजिपी) र पोखरालाई गाइनो अब्सटेटिभ्स, अर्थोपेडिक, सर्जरी, एनेस्थेसियोलोजी र मेडिसिनमा एमडी कार्यक्रम चलाउन सिट दिइएको हो।
स्रोतका अनुसार कर्णालीले एमडिजीपीका लागि ३ सिट पाएको छ। पोखराको भने ६ वटा विषयका लागि १७ सिट पाएको छ। पोखराले इन्टरनल मेडिसिनमा २, सर्जरीमा ४, स्त्री तथा प्रसूतिमा ४, पेडियाट्रीक्समा २, एनेस्थेसियामा २, अर्थोपेडिक्समा ३ सिट पाएको छ।