काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन भइ आएको सूची अद्यावधिक गर्ने काम भइरहेकाले स्वास्थ्यकर्मीहरुलाई पत्र प्राप्त नहुँदासम्म खटिएकै कार्यालयमा कार्यरत रहन अनुरोध गरेको छ।
मन्त्रालयका प्रशासन प्रमुख जर्नादन गँुरागाइले सूचना जारी गर्दै सामान्य प्रशासन मन्त्रालयबाट समायोजनको सबै सूची आइसकेको र अद्यावधिक गर्ने काम भएको जनाएका छन्।
प्रमुख शर्माले सम्बन्धित विभागीय प्रमुख, निर्देशक, कार्यालय प्रमुखहरुलाई पनि समायोजनको पत्र प्राप्त नहुँदासम्म आफु मातहतका कर्मचारीलाई आफु खटिएकै कार्यालयबाट सेवा प्रवाह सूचारु गर्न/गराउन पनि सूचित गराएका छन्।
मन्त्रालयले प्राप्त समायोजन सूचीमा गुनासो सम्बोधनबाट प्राप्त भएका विवरण अद्यावधिक गर्ने र समायोजन भएका पदनामका कर्मचारीको समायोजन पत्र कार्यरत कार्यालयमा नै पठाउने व्यवस्था मिलाईको जनाएको छ।
समायोजन सम्बन्धमा कसैको वहकाउ र भ्रममा नपरी सेवारत रहन समेत अनुरोध गरिएको छ।
