काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द 'विप्लव'को गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
कपिलवस्तुस्थित शिवगढीमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको विप्लव पार्टी निकटको पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए।
पार्टी महासचिव विप्लवका छोरा प्रकाश चन्दले शिविरको संयोजन गरेका थिए। प्रकाश नेकपा विप्लवका जनस्वास्थ्यकर्मी महासंघका महासचिवसमेत हुन्।

शनिबार र आइतबार सञ्चालन गरिएको स्वास्थ्य शिविरलाई थप लम्ब्याउन स्थानीयले आग्रह गरेको शिविरमा सहभागी डुम्रेले बताए।
उनका अनुसार शहिद स्मृति प्रतिष्ठानको अगुवाइमा गरिएको स्वास्थ्य शिविरबाट शिवराज नगरपालिकाका स्थानीयहरु लाभान्वित भएका छन्।