काठमाडौँ– तिलगंगा इन्स्टिच्युट अफ अप्थाल्मोलोजीले कर्मचारी आवश्यकताका लागि निकालेको विज्ञापन त्रुटिपपूर्ण भएको भन्दै नेपाल दृष्टि विशेषज्ञ संघले आपत्ति जनाएको छ।
प्रतिष्ठानले जेठ ३० गते अप्टोमेट्रिस्ट पदको लागि निकालेको विज्ञापनमा न्यूनतम शैक्षिक योग्यता स्पष्ट नभएको र प्राविधिक विषय उल्लेख गरिएकोले कुन विषय भन्न खोजिएको स्पष्ट नभएको संघको भनाइ छ।
सातौं तहको उक्त पदका लागि एक जनाको आवश्यकता भन्दै गरिएको विज्ञापनमा स्नातक वा स्नात्तकोकत्तर कुन आवश्यक हो भनी नखुलाइएको, प्राविधिक विषय भ्रमित शब्द भएको भन्दै संघले आपत्ति जनाएको हो।
संघका प्रवक्ता दिपक साहले यो विज्ञापनका सम्बन्धमा तिलगंगा, मेडिकल काउन्सिल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)लाई पनि पत्राचार गरिए पनि प्रतिक्रिया नआएको बताए। उनले यो विषय सम्बोधन नभए अदालतको ढोका ढक्ढक्याउनु बाध्य हुने समेत बताए।

तिलगंगाले निकालेको विज्ञापन
