काठमाडौं – राजधानीमा पछिल्लो समय बढ्दै गएको युवती लक्षित सिरिन्ज आक्रमणको विषयमा संसदमा पुगेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद मीना सुब्बाले सिरिन्ज आक्रमणबारे कुरा उठाएकी हुन्।
उनले राजधानीमा केही सातायता घटेको सिरिन्ज आक्रमणको बारेमा संसदमा ध्यानाकर्षण गराएकी हुन्।
उनले यस घटनाले महिला र युवतीमा त्रास फैलिएको भन्दै अहिलेसम्म एकजना मात्र पक्राउ पर्न नसकेको दुःखद भएको बताइन्। सुब्बाले कतै यो घटना संक्रामक रोग फैलाउनको लागि गरिएको त होइन भनेर प्रश्न समेत राखेकी छिन्।
सत्यतथ्य पत्ता लगाइ सर्वसाधारणलाई त्रास मुक्त गराउन सुब्बाले आग्रह गरेकी छिन्।
यो पनि