काठमाडौँ– परोपकार तथा प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीको नयाँ निर्मित अत्याधुनिक भवनको सेवा आजदेखि सञ्चालनमा आएको छ। २०७२ सालमा गएको भूकम्पले प्रसूति गृहको भवनमा क्षति पारेको थियो।
अस्पतालका निर्देशक डा जागेश्वर गौतमका अनुसार नयाँ भवनमा अत्याधुनिक सुविधाहरु थपिएका छन्। एमआइसियु, पोष्ट अवार्ड, लेबर रुम सबै अत्याधुनिक बनाइएको गौतमले बताए।
उनका अनुसार असार २७ गते भवनको औपचारिक उट्घाटन हुने भएको छ। उनले ४० बेडको एनआइसियु पनि ३–४ दिनपछि सञ्चालनमा आउने जानकारी दिए।
अस्पतालका नयाँ भवन जापानी सहयोग नियोग (जाइका)ले निर्माण गरिदिएको हो।


