काठमाडौं- नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकको नाम दर्ता लाइसेन्सका लागि लिएको परीक्षामा ६३ प्रतिशत पास भएका छन्। काउन्सिलले शनिबार लिएको पोष्टग्राजुएट्स तह (पीजी) अध्ययन पुरा गरेका चिकित्सकहरुको परीक्षामा २ सय १७ जना पास भएका हुन्।
परीक्षामा ३ सय ४२ जना सहभागि भएका थिए। तीमध्ये १ सय २५ जना भने फेल भएका छन्। परीक्षाका लागि आवेदन दिएका ३ जना भने अनुपस्थित थिए।
परीक्षाा नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान स्वयंम्भूमा दिउसो १ बजे देखि ३ बजेसम्म भएको थियो।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।