काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनको पत्र वितरण गर्न सुरु गरेसँगै कर्मचारीहरुको जिम्मेवारी हेरफेर भएको छ ।
समायोजनसँगै भरतपुर अस्पपतालको जिम्मेबारी डा श्रीराम तिवारीले पाएका छन् । योसँगै भरतपुर अस्पतालले एक वर्षमा चार मेसु पाएको छ ।
उनी अघि डा रविन खड्का र डा खड्का पछि डा कृष्ण अधिकारीले मेसुको जिम्मेवारी पाएका थिए । हालका भरतपुर अस्पतालका यसअघिका मेसु डा विश्वबन्धु बगालेले राजिनामा दिएका थिए ।