काठमाडौं- नारायणी अस्पतालको जिम्मेवारी डा मदन उपाध्यायलाई दिइएको छ । यसअघि डा उपाध्यायलाई कुनै जिम्मेवारी दिइएको थिएन। उनी मन्त्रालयमै हाजिर गर्दै आएका थिए।
बिमा बोर्डका निर्देशकको जिम्मेवारी सम्हालेका डा उपाध्यायलाई मन्त्रालयमा नै ल्याएर भूमिका विहिन बनाइएको थियो।
स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख जनार्दन गुरागाईले कर्मचारी समायोजन ऐन कार्यान्वयनको क्रममा जिम्मेवारी हेरफेर भएको जानकारी दिए ।