काठमाडौं– हाम्रो समाजमा गर्भवती महिलाका अनेकन चुनौती छन्। गर्भावस्थामा काम गर्ने/नगर्ने विषयमा सामाजिक मत विभाजित छ।
चिकित्सकहरूका अनुसार गर्भवती अवस्थामा महिलाले पूर्ण आराम गर्नुभन्दा एक हदसम्मको सक्रियता देखाउनु फाइदाजनक हुन्छ।
पुष्पा केसी र सौरभ रानाभाटले तयार पारेको यो भिडियो रिपोर्टमा हामीले एपीवान टेलिभिजनमा काम गर्ने समाचार वाचिका एवं कार्यक्रम प्रस्तोताको कथा प्रस्तुत गरेका छौं।
समाचार वाचिका रुपा खड्कासँग अघिल्लो बच्चा जन्माउनुभन्दा तीन दिनअघिसम्म कार्यालय पुगेर काम गरेको अनुभव छ।
यसपटक पनि गर्भवती अवस्थाको उत्तरार्द्धसम्म उनी स्टुडियो पुगेर समाचार भनिरहेकै छिन्।