झापा - झापाको मेचीनगर नगरपालिका-६ बाट अन्दाजी ५ लाख मुल्य बराबरको अवैध औषधि वरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार साँझ पौने ७ बजे भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा ओरियन्स कम्पनीको नाम लेखिएका औषधि वरामद गरेको हो।
टोलीले ५ लाख मुल्य बराबरको विभिन्न किसिमका २ कार्टुन औषधि वरामद गरेको हो। वरामद भएको औषधि आवश्यक कारवाहीको लागि मंगलबार औषधि व्यवस्था विभाग बुुझाइने इलाका प्रहरी कार्यालय काकभिट्टाले जनाएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।