काठमाडौं - स्वास्थ्य सेवा विभागको जिम्मेवारी पाएका डा सुशील प्याकुरेलले पदबहाली गरेका छन्। डा प्याकुरेलले टेकुस्थित विभागमा आज पदबहाली गरेका हुन्।
मन्त्रालयले डा प्याकुरेललाई असार १५ गते महानिर्देशकको जिम्मवारी दिएको हो। मन्त्रालयले लामो समयपछि तोकिएको योग्यता पूरा भएका व्यक्तिलाई जिम्मेवारी दिएको हो।
नियमानुसार १२औं तहकै कर्मचारी महानिर्देशक हुने भए पनि यसअघि राजनीतिक पहुँचका आधारमा कनिष्ठहरु ‘हाकिम’ हुने गरेका थिए।
डा प्याकुरेल १२औं तहमा बढुवा भएपछि मन्त्रालय आएका थिए। उनले लामो समय लामो समय राजधानी बाहिर र दुर्गममा सेवा गरेका छन्। सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक हुँदा उनको १२औं तहमा बढुवा भएको थियो।