पर्सा- वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले अर्का विद्यार्थी र उनका आफन्तमाथि चक्कु प्रहार गरेका छन्।
एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत अरविन्द सहनीले चक्कु प्रहार गर्दा रञ्जितप्रसाद रौनियार र उनकी बहिनी चाँदनीदेवी सख्त घाइते भएकी छन्। चक्कु प्रहारका कारण रौनियारकी आमा मीनादेवीको हातमा समेत सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
घाइतेहरुको उपचार भइरहेको छ भने फरार सहनीको खोजी भइरहेको एसपी राठौरले बताए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।