काठमाडौं- थापाथलीस्थित परोपकार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको नयाँ भवनमा सेवा सुरु भएको छ। अस्पतालको नयाँ भवनको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीले बिहान ११ बजे उक्त भवनको उद्घाटन गर्नेछन्। उक्त भवन जापानी सहयोग नियोग (जाइका)ले नयाँ भवन निर्माण गरेको हो।
जाइकाले भूकम्पले क्षति पुगेको अस्पतालको पुरानो भवन भत्काएर नयाँ भवन बनाइदिएको हो। ४ सय शय्याको अस्पताल भूकम्पपछि ३ सय ५० मा झरेको थियो।
नयाँ भवनमा २४ शय्याको आकस्मिक कक्ष, चिकित्सकको निगरानीमा हुने डेलिभरी रुम, नर्सको निगरानीमा हुने बर्थिङ सेन्टर, दुई वटा शल्यक्रिया कक्ष, पोस्ट अपरेटिभ वार्ड, १२ शय्याको आमाहरुका लागि आइसियू, ४० शय्याको बच्चाको आइसियू रहेका छन्।