जनकपुर- लगातारको वर्षाका कारण जनकपुरको अधिकांश क्षेत्र जलमग्न भएको छ। वर्षातका कारण जनकपुर अस्पताल समेत डुबानमा परेको छ।
अस्पतालमा पानी जमेका कारण उपचार सेवा समेत प्रभावित भएको छ।
एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाद्वारा नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन नगरेका कारण पानीको निकास हुन नसकेर अस्पतालसहित नगरका अधिकांश क्षेत्र जलमग्न भएका हुन्। बस्तीहरू समेत डुबानमा परेर स्थानीय मर्कामा छन्।
विगतमा नगरको पानीको निकास जलाद र दूधमती नदीमा हुने गरेकामा हाल आएर नाला सफा नगरेका कारण सो समस्या उत्पन्न भएको बताइन्छ।





