काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगातारको वर्षका कारण आइरहेको बाढी पहिरोका कारण आउन सक्ने महामारी तथा आवश्यक पर्ने स्वास्थ्य सेवाको व्यवस्थापनका लागि ११ जना सम्पर्क व्यक्ति तोकेको छ।
मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले विपद् प्रकोप पूर्व तयारी एवं समन्वय तथा व्यवस्थापनका लागि आपतकालिन सम्पर्कका लागि ११ जनाको नामावाली सार्वजनिक गरेको हो। केन्द्रका प्रमुख चुडामणि भण्डारीद्वारा हस्ताक्षरित पत्रमा संघमा ४ जना र प्रत्येक प्रदेशमा एक÷एक जना सम्पर्क व्यक्तिको नाम र नम्बर उल्लेख छ।
जसअनुसार मन्त्रालयका डा दिपेन्द्र रमण सिंह, चुडामणि भण्डारी, डा विवेक कुमार लाल, डा प्रकाश शाह, प्रदेश १ मा केशु काफ्ले, प्रदेश २ मा डा विजय कुमार झा, प्रदेश ३ मा गोपाल बजगाईं, गण्डकी प्रदेशमा डा भोजराज गौतम, प्रदेश ५ मा डा उमा शंकर चौधरी, कर्णाली प्रदेशमा चेतन निधि वाग्ले र सुदुरपश्चिम प्रदेशमा रमेश मलाशी रहेका छन्।
