काठमाडौं- नेपाल चिकित्सक संघले बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रमा स्वास्थ्य उपचारका लागि खटिन सम्पूर्ण चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु तथा आफ्ना सबै शाखाका सदस्यहरुलाई आग्रह गरेको छ।
संघले शनिबार विज्ञाप्ति जारी गर्दै बाढ, पहिरो तथा बर्षाबाट उत्पन्न हुन सक्ने सरुवाजन्य रोगहरुको नियन्त्रण तथा पिडित समुदायलाई आईपर्न सक्ने कुनै पनि स्वास्थ्य समस्याको समाधानका लागि सक्रियता साथ जुट्न सबै सदस्य चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरेको हो।
अविरल वर्षाका कारण भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै संघले घाइते तथा विस्थापितलाई आईपर्न सक्ने स्वास्थ्य समस्याको समाधान तथा दैनिक जीवन यापनका अत्यावश्यक बस्तुहरुको उपलब्धताको सुनिश्चितता गराउन समेत माग गरेको छ।
