काठमाडौं – कान्ति बाल अस्पतालमा बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टिङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) जडान गरिएको छ।
स्मार्ट पानी प्रालिले बोर्टलस नेपालको सहयोगमा अस्पतालमा उक्त प्रणाली हस्तान्तरण गरेको हो।
योजना हस्तान्तरण कार्यक्रममा कान्ति बाल अस्पतालका तर्फबाट डा. गणेश कुमार राई, स्मार्ट पानीका तर्फबाट सुमन शाक्य र बोटलर्स नेपाल लि का तर्फबाट प्रदीप पाण्डेको उपस्थिति थियो।
अस्पताल उपत्यकाको उत्तरी भागमा पर्ने भएकाले रिर्चाजका लागि अत्यन्तै उपयूक्त मानिन्छ र यस योजनाले इनारको पानीमा ग्राउन्ड वाटर परिपूर्ति गर्न मद्दत पुर्याएर आसपासको समुदायलाई लाभान्वित गर्नेछ।
यस योजनाले अस्पतालको नाला व्यवस्थापनको तनावलाई कम गर्न मद्दत गर्दछ।