काठमाडौं- त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजो प्रत्यारोपण सफल भएको छ। अस्तालमा शुक्रबार ४४ वर्षको व्यक्तिमा कलेजको प्रत्यारोपण गरिएको हो।
प्रत्यारोपणपछि बिरामीलाई आइसियुमा राखिएको कलेजको प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीले जानकारी दिए। उनका अनुसार बिरामीलाई २८ वर्षिय आफन्तले कलेजको दान गरेका थिए।
यो शल्यक्रियाका लागि भारतको फोर्टिज अस्पतालका डा विवेक भिजको नेतृत्वमा टोली नेपाल आएका थिए। उनीहरुकै सहयोगमा कलेजो प्रत्यारोपण गरिएको डा भण्डारीले जानकारी दिए।
उनका अनुसार प्रत्यारोपण टोलीमा डा विवेक र भण्डारीसहित डा पलेस्वाँ लाखे जोशी, डा सुमिता प्रधान, डा विष्णु कँडेल, डा सुजन श्रेष्ठ, डा नरेन्द्र महर्जन, आइसियुका प्रमुख डा सुवाश आचार्य, डा प्रमेश सुन्दर श्रेष्ठ, डा हेमराज पनेरु, डा सौरभ प्रधान, डा अनिल श्रेष्ठ, डा अमित भट्टराई, डा पंकज जोशी, डा रविन हमाल, डा राहुल पाठक, डा शर्मा पौडेल, डा दिनेश चटौत र डा अजित थापा थिए। नर्सिङ तर्फ किवता सिटौला, मिना पुन, बिमला श्रेष्ठसहित ८ जना नर्स खटिएका थिए।
यसअघि अस्पतालमा गत जेठ १७ गते पहिलो पटक कलेजको प्रत्यारोपण भएको थियो। उनीहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। ५८ वर्षीय बुबालाई ३३ वर्षीय छोरीले कलेजो प्रदान गरेकी थिइन्। पहिलो शल्यक्रियाका लागि भारतको एपोलो अस्पतालबाट डा निरभ गोयलको नेतृत्वमा टोली नेपाल आएका थिए।
सामान्य अर्थमा भन्नुपर्दा कलेजो फेल भएका बिरामीको बिग्रिएको कलेजोलाई शल्यक्रियाको माध्यमबाट निकालेर त्यस ठाउँमा अर्को कलेजो राख्ने कार्य नै कलेजो प्रत्यारोपण हो । कलेजो मानव शरीर भित्रको सबैभन्दा ठुलो अंग हो । यो मुटुको तल र पेटको माथिल्लो भागमा हुन्छ । कलेजो ठुलो र धेरै नसाहरु जोड्नु पर्ने भएकाले कलेजो प्रत्यारोपणलाई विश्वमै जटिल प्रत्यारोपणका रुपमा लिइन्छ।
यो पनि :