काठमाडौं– त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले ४७औं र त्रिवि शिक्षण अस्पतालले ३७औं वार्षिकोत्सव संयुक्त रुपमा मनाएका छन्।
वार्षिकउत्सवको अवसरमा शिक्षण अस्पतालबाट अवकाश प्राप्त कर्मचारी र शैक्षिक सत्र २०७२ देखि २०७५ सम्मका विभिन्न विधाका टपरहरूलाई पदक र स्वर्णपदक वितरण गरिएको छ।
जसअन्तर्गत पेडरियटिकको तेस्रो फेज, आएओएमबाट एमबिबिएस लगायतमा सर्वाधिक अंक ल्याउने विद्याथीलाई पदक वितरण गरिएको हो।
त्यस्तै एमबिबिएतर्फ छात्रामा सर्वाधिक अंग ल्याउने विद्यार्थी, कम्युनिटी मेडिसिनमा, प्याथोलाजी, तेस्रो फेजको जनलर सर्जरी, इन्टरनल मेडिसिन, इन्टरनल मेडिसिनमा छात्रातर्फ, बिएस्सी नर्सिङ, फार्माकोलोजी, माइक्रोबायोलोजी, साइकोलोजी र पिसियल नर्सिङ तर्फका विद्यार्थी रहेका छन्।

कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन संस्थानकोे वार्षिक प्रतिवेदन संस्थानका डिन प्रा.डाजगदीश प्रसाल अग्रवालले प्रस्तुत गरेका थिए भने त्रिवि शिक्षण अस्पतालको वार्षिक प्रतिवेदनअस्पतालका कार्यकारी निर्देशक प्रा.डा प्रेमकृष्ण खड्काले प्रस्तुत गरेका थिए।
त्रिवि शिक्षण अस्पतालको वार्षिक प्रतिवेदन अनुसार अस्पतालमा विगत १० वर्षदेखि मिर्गाैला प्रत्यारोपण हुँदै आएको छ।
स्वास्थ्य मन्त्रालयको स्वीकृति प्राप्त गरी यसैवर्ष पहिलेपटक कलेजो प्रत्यारोपण सेवा सुरु गरिएको थियो।
अस्पतालमा अत्याधुनिक शल्यक्रिया कक्ष (मेडुलर ओ.टी) र दुईवटा सेमी मोडुलर अपरेसन थे्रटर तथा ७४ शैया सहितको हाडजोर्नी विभाग सञ्चालनमा छ।
जापान सरकारको सहयोगमा करिब ७० करोड भन्दा बढीको अत्याधुनिक स्वास्थ्योपचार उपकरण एमआरआई एक थान, एनेस्थेसिया ४ थान सिआर्म २ थान, युएसजी २ थान लगायतका उपकरण जडान भई सेवा सुचारु हुँदैछ।
प्रतिवेदनका अनुसार नेपाल सरकारको सहयोगमा मंगलादेबी वर्थिङ सेन्टर भवनमा दुई तल्ला थप गरी पेडियाट्रिक सर्जरी वार्डको निर्माण अन्तिम चरणमा रहेको छ।
नेपाल सरकारको विनियोजित बजेटबाट करिब १० करोड बराबरको उपकरण आपूर्ति भई सेवा सञ्चालनमा छ।