काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सहसचिवमा शिवराम न्यौपानेलाई पठाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयमा रिक्त सहसचिव न्यौपानेलाई पठाएको हो।
न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरीमा प्रमुखका रुपमा कार्यरत थिए।
मन्त्रालयमा गत १७ गतेदेखि प्रशासन तर्फको सहसचिवको पद रिक्त थियो। सहसचिव जनार्दन गुरागाईंले उमेरहदका कारण अवकाश पाएपछि उक्त पद रिक्त थियो।