काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजनका विषयमा मातहतका कर्मचारीलाई जरुरी सूचना जारी गरेको छ।
मन्त्रालयले समायोजन प्रक्रिया अगाडि बढीरहेको जानकारी दिँदै कर्मचारीहरुलाई वर्षात र विपद्को अवस्थालाई ख्याल गर्दै सेवामा खटिन आग्रह गरेको छ।
मन्त्रालयले कर्मचारीलाई खटिएकै स्थानमा समायोजनको पत्र पुर्याउने जानकारी समेत दिएको छ।
मन्त्रालयले प्रदेश र स्थानीय तहमा समयोजन भएकाहरुलाई समायोजनपछिको पदस्थापनाको पत्र प्राप्त नहुँदासम्म समायोजन पत्र बुझेका कर्मचारी प्रदेश र स्थानीय तहमा खटेकाको हकमा सम्बन्धित प्रदेश र स्थनीय तहमा समायोजन ऐनको म्याद भित्र रमाना भई जान भनेको छ।
यस्तै संघ अन्तर्गत समायोजन भएका कर्मचारी र पुल दरबन्दीमा समायोजन भएकाले पदस्थापनाको पत्र प्राप्त नहुँदासम्म साकिको जिम्मेवारीमा नै कामकाज गर्न भनिएको छ।
हेरौं सूचना
