डडेल्धुरा– डेंगुको संक्रमणबाट जोगिन डडेल्धुरामा नेपाली कांग्रेसले सचेतना र्यालीसहित औषधि छर्किएको छ। बुधबार बिहान जिल्ला सदरमुकाम बागबजार क्षेत्रमा नेपाली कांग्रेस डडेल्धुराले डेंगु रोगको संक्रमणबाट जोगिन स्थानीय आफैँ सचेत रहौँ भन्दौ र्यालीसहित बजार क्षेत्रका नाली एवं फोहोरमा लामखुट्टे मार्ने औषधि छर्किएको हो ।
‘सरकार अन्धो छ, जनता आँखा खोलौँ, डेंगुप्रति सचेत रहौं, घरआँगन सफा राखौं’ भन्ने नारा लेखिएको ब्यानरसँगै कांग्रेसले जिल्ला सदरमुकामको बजार क्षेत्रमा औषधि छर्केको हो।
तराईका जिल्लामा लामखुट्टेको टोकाइबाट फैलिने डेंगु रोगको संक्रमण पछिल्ला वर्षहरुमा पहाडी लगायत हिमाली जिल्लामा पनि देखिन थालेकाले सचेत रहौँ भन्दै ¥याली निकालिएको नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जानकारी दिए।
डडेल्धुरा अस्पतालमा चिकित्सक नहुँदा उचारमा समस्या रहेको जनाउँदै कांग्रेसले ‘सरकार अन्धो छ, स्थानीय आफैँ सचेत रहौँ, भन्दै सचेतना र्यालीसहित लामखुट्टे मार्ने औषधि छर्केको उनले बताए।
कांग्रेसको सचेतना र्यालीमा राष्ट्रिय जागरण अभियानका खटिआएका केन्द्रीय प्रतिनिधि अन्तराम भट्ट, बेलबहादुर रानालगायत जिल्ला स्तरका नेता कार्यकर्ताको सहभागिता थियो।