काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका संगठन संरचना तथा दरबन्दी पुनरावलोकन गरी प्रतिवेदन पठाउन माताहतका सबै कार्यालयलाई पत्राचार गरेको छ।
मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र अनुसार स्वास्थ्य सेवा, औषधि व्यवस्था र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, महाशाखा तथा केन्द्र, प्रतिष्ठान, संघीय अस्पताल तथा कार्यालयलाई पत्र पठाएको हो।
सामान्य प्रशासनले कर्मचारी समायोजन सम्पन्न भएपश्चात संघीय सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र माताहत निकायहरुको कार्यक्षेत्र, त्यसको कार्यवोझ र कार्यपदद्धितका आधारमा संगठन तथा दरबन्दी उपयुक्त आकारमा ल्याउने निर्णय गरेको छ।
सोही आधारमा स्वास्थ्यको संगठन तथा दरबन्दी उपयुक्त आकारमा ल्याउन मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्र श्रेष्ठको संयोजकत्वमा कार्यदल समेत गठन भएको छ। कार्यदलले विभाग, प्रतिष्ठान, केन्द्र, अस्पताल, तालिम केन्द्र प्रखुको संयोजकत्वमा संगठन संरचना तथा दरबन्दी पुनरावलोकन समिति गठन गरि मन्त्रालयमा ७ दिन भित्र पठाउन पत्र पठाएको हो।