काठमाडौं- काठमाडौं विश्वविद्यालयले केही दिनअघि लिएको चिकित्सा शिक्षा तर्फ एमबिबिएस र बिडिएसको प्रवेश परीक्षाको नतिजामा त्रुटि भएको छ। नतिजामा प्राविधिक त्रुटि भएपछि विश्वविद्यालयले उक्त त्रुटि सच्याउँदै पुनः नतिजा प्रकाशित गरेको छ।
केयुको स्कुल अफ मेडिकल साइन्सेसका डिन डा राजेन्द्र कोजुका अनुसार नतिजामा त्रुटि फेला परेपछि पुन: त्रुटि सच्याएर नयाँ नतिजा निकालिएको हो। ‘नतिजा प्रकाशित भए लगत्तै रिटोटलिङका लागि एक हजार भन्दा बढीले निवेदन दिएका थिए,’ उनले भने, ‘रिटोटलिङका क्रममा पहिले प्रकाशित नतिजामा विभिन्न समस्या देखा परेपछि सबै समस्या समाधान गर्दै फेरि नतिजा सार्वजनिक गरेका हौँ।’
उनले अहिलेको नतिजामा चित्त नबुझ्ने विद्यार्थीले उत्तर पुस्तिका हेर्न सक्ने व्यवस्था समेत गरिएको जानकारी दिए।
‘हामीले सबै त्रुटि सच्याएर नतिजा प्रकाशित गरेका छौं,’ उनले भने, ‘यो नतिजामा विद्यार्थीलाई चित्त बुझेन भने उहाँहरुले आफ्नो उत्तरपुस्तिक हेर्न सक्ने व्यवस्था समेत गरेका छौं।’
हेरौं नतिजा: