अछाम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बयालपाटा अस्पतालको सम्रग विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
बयालपाटा अस्पतालको अनुगमन तथा निरिक्षण गर्दै मुख्यमन्त्री भट्टले यसको विकासका लागि सरकारले सहयोग गर्ने बताएका हुन्।
मुख्यमन्त्री भट्टले बयालपाटा अस्पतालले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै सुविधा सम्पन्न तथा विशेषज्ञ समेत सेवा दिइरहेकाले प्रदेश सरकारले यसको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।
सेवा सुबिधालाई थप गुणस्तरयि बनाउन आवश्यक पर्ने रकमका लागि प्रदेश सरकार तयार रहेको उनले बताए।
मुख्यमन्त्री भट्टले यस प्रदेशका सबै जिल्ला अस्पतालको स्तर उन्नती गर्ने, आवश्यक सामाग्री लगायत आर्थिक व्यवस्थापन गर्न प्रदाश सरकारले नीति नै बनाएको जानकारी दिए।
प्रदेशका विभिन्न जिल्लामा बन्दै गरेको स्वास्थ्य संस्थाका भवनहरुको निर्माण प्रक्रिया तीब्र बनाउन आवश्यक अनुगमन गर्ने, जिम्मा लिएकाहरुलाई ताकेता गर्ने र भने अनुसार काम नभएमा कारबाही समेत गर्ने उनको चेतावनी छ।
अस्पताल अनुगनम कार्यक्रममा मुख्यमन्त्री भट्टसंगै सुदुरपश्चिम प्रदेशका समाजिक विकासमन्त्री कृष्ण राज सुवेदी, अर्थ मन्त्री झपट बहादुर बोहरा, प्रदेश सांसद, अछाम जिल्लाका समन्वय समिती प्रमुख नरबहादुर कुँवर, मंगलसेन र साँफेबगर नगरपालिकाका प्रमुख लगायतको सहभागिता थियो।