काठमाडौं- अभिनेत्री दीपा श्री निरौलाले आफू ट्युमरमुक्त भएको जानकारी दिएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनले उपचारमा संलग्न चिकित्सकले आफूलाई ‘यू आर ट्युमर फ्री’ भनेको उल्लेख गरेकी हुन्।
निरौलाले आफ्नो उपचारमा संलग्न डा बसन्त पन्तलाई आफ्नो पुनर्जन्ममा दाहिने हातका रूपमा चित्रण समेत गरेकी छन् ।उनलाई चिकित्सकले अब मस्त जीवन बाँच्न सक्ने बताएको उल्लेख गरेकी छन्।
‘अब मस्त जीवन बाँच्नु, यू आर ट्युमर फ्री,’ चिकित्सक पन्तको भनाइ उद्धृत गर्दै उनले लेखेकी छन्।
आफ्नो स्वास्थ्यलाभको कामना गर्दै प्रार्थना गर्ने सम्पूर्णप्रति उनले आभारसमेत व्यक्त गरेकी छन्। निरौलाको यो पछिल्लो स्वास्थ्य अपडेटपछि उनका शुभचिन्तक तथा कलाकर्मीहरूले खुसी व्यक्त गरिरहेका छन्।