काठमाडौं– मणिपाल शिक्षण अस्पतालमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छिन्। स्याङजा पुतलिबजार–१ की सुनिता पौडेल प्रधानले बिहीबार चार वटा शिशुलाई जन्म दिएकी हुन्।
बिहान ९ बजेर ५० मिनेटमा १ मिनेटको अन्तरालमा सुनिताले ३ छोरी र १ छोरालाई जन्म दिएकी छिन्। सुनिताले जन्म दिएका चार शिशुको तौल क्रमश पहिलो छोरी १।६, दोश्रो छोरा १।३, तेश्रो छोरी १।३, र चौथो छोरी १।४ किलोग्राम रहेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा महेन्द्रराज पाण्डेले दिए।
डा पाण्डेको नेतृत्वमा शल्यक्रियामार्फत शिशुको जन्म भएको हो।
चारैजना शिशुको अवस्था सामान्य रहेपनि तौल कम भएकाले सबैलाई अस्पतालको एनआइसीयु कक्षमा राखेर उपचार भइरहेको डा पाण्डेले जानकारी दिए।
सामान्यता गर्भ रहेको ९ महिनामा शिशु जन्मिने गरेको भएपनि प्रधानले समय नपुग्दै शिशु जन्मिएकाले उनीहरुको तौल कम रहेको अस्पताले जानकारी गराएको छ।
सुत्केरीपछि सुनिताको अवस्था सामान्य रहेको छ। बच्चाको अवस्था पनि सामान्य रहेको डा पाण्डेले जानकारी दिए।