काठमाडौं- नयाँ बानेश्वरमा समाज स्किन एवम् लेजर अस्पताल सञ्चालन आएको छ।
अस्पतालमा छाला तथा सुन्दरतासंग सम्बन्धी समस्याको न्यूनतम शुल्कमा उत्कृष्ट उपचार हुने दावी गरिएको छ।
अस्पतालका सञ्चालक शंकु घिमिरेले छाला सम्बन्धी रोगको उपचार र दन्त रोगको एकै स्थानबाट उपलब्ध गराउने बताए।
समाजले दन्त सेवा अस्पताल सञ्चालन गर्दै आएको छ। अस्पतालका प्रमुख घिमिरेले न्युनतम शुल्कमा गुणस्तरिय सेवा दिने गरी अस्पताल सुरु गरेको दावी गरे।
वरिष्ठ छाला तथा यौन रोग विज्ञ डा दिनेश बिनोद पोखरेलले अस्पताल छालाको रोगका लागि नयाँ विकल्प हुने बताए।